Logo
Logo

शिवशंकर महतो हत्या प्रकरण : मृतककै श्रीमती पक्राउ


1k
Shares

काठमाडौं । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका शिवशंकर महतोको वीभत्स हत्या प्रकरणमा उनकै श्रीमती पक्राउ परेकी छन् ।

प्रहरीले श्रीमती सिर्जना महतोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

गत शुक्रबार साँझ महोत्तरीको गौशाला नगरपालिका–८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शिवशंकरको शव फेला परेको थियो ।

मृतकको उनको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो । सनाखत गर्न नसकियोस् भनेर उनको अनुहार जलाएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए । त्यसबीचमै घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ । यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्