Logo
Logo

इलाममा १३ वर्षीया बालिका बलात्कृत, ३ लाखमा मिलापत्र गराउने ४ जना पक्राउ


1.4k
Shares

काठमाडौं । इलामको चिया बगानमा भएको बालिका बलात्कार घटनामा चार जना पक्राउ परेका छन् ।

चैत ६ मा माई नगरपालिका–२ स्थित शितली चिया बगानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना मिलापत्र गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, आारोपीका बुबा केदारनाथ गिरी, काका नारायण गिरी र छिमेकी तुलाधर अर्याल रहेका छन् ।

उनीहरुले घटना प्रहरीकहाँ नलैजान भन्दै पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्