
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच २०८२ सालको क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, बिजनेस अपरेसन प्रमुख ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् ।
क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरू, बीमा अभिकर्ताहरू, सञ्चालक पदाधिकारीहरू, सबै कर्मचारीहरूलगायत सबैलाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना समेत व्यक्त गरे ।
आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समयसुहाँउदो योजना ल्याउने उनको भनाइ थियो । साथै, सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनले बताए ।