Logo
Logo

निलबाराहीमा मृत भेटिएका राईको हत्या भएको प्रहरी निष्कर्ष


1.5k
Shares

काठमाडौं । प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा मृत भेटिएका ओमप्रकाश राईको हत्या भएको निष्कर्ष निकालेको छ ।

त १० गते बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे अवस्थामा भेटिएका खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय राईको हत्या भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले उनको अहत्या भएको निष्कर्षमा प्रहरी पुगेको र आरोपीहरूबारे अनुसन्धान भइरहेको बताए ।

चैत १० गते बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे भएर मानिस लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हाल बोडे बस्ने ६६ वर्षीय राई बोडेमा आफ्ना छोरासँग बस्दै आएका थिए । छोरा पठाओ राइडर हुन् भने उनी मध्यपुर थिमि क्षेत्रमा कवाडी सङ्कलन गरेर गुजारा चलाउँदै आएका थिए ।

राईको टाउको र दाहिने कानको छेउमा चोट देखिएको छ । हत्यामा संलग्न आशङ्कामा प्रहरीले सशंकितहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्