Logo
Logo

भ्रष्टाचार मुद्दामा दोषी भई भागेका विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ


1.2k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीलाई पक्राउ गरेको छ ।

उनी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । ६५ वर्षीय उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

सो क्रममा उनीविरुद्ध दायर मुद्दामा सर्वोच्चले गत मंसिर १२ गते २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

तर उनी त्यसपछि फरार रहेकामा आइतबार काठमाडौंको वनस्थलीबाट पक्राउ परेका हुन्। उनलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार कारागारमा चलान भएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्