
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सरकारको उक्त निर्णयपछि उनले अदालत जाने तयारी गरेका हुन् । राम्रो काम गर्दा गर्दै पनि सरकारले अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने उनले प्रतिक्रिया दिए । उनले भने, ‘मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला । पत्र बुझेपछि अदालत जान्छु ।’