Logo
Logo

पाेखराकाे पीएन क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी


945
Shares

काठमाडौं । स्ववियु निर्वााचन अन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सबैलाई हराउँदै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेको हो । पोखरेलले एक हजार १०५ मत ल्याउँदा अध्यक्षका अर्का दाबेदार नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवी न्यौपानेले ४६९ मत पाइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए ।

अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए । अखिल छैटौंका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत पाएका छन् ।

पोखरेल नेतृत्वमा सचिवमा विराज दुवाडी अझै लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले १ हजार ४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए । कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १ हजार ३०४ मतका साथ विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस्