
काठमाडौं । झापाको कनकाई नगरपालिका–५ मा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गएराति कनकाई–५ नारायणदल चोकमा ३९ बर्षीय लालबहादुर सार्कीले ४० बर्षीया श्रीमती मनिषा लिम्बु मग्रान्तीको हत्या गरेका हुन् । उनले श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास गरेका छन् ।
लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै मनिषाले पूर्व श्रीमानसँग फोनमा बोलेको निहुँमा लालबहादुरले खुकुरी प्रहार गर्दा मनिषाको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ सिनाम घर भएका उनीहरु नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा भाडामा बस्दै आएका थिए ।