
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता बढाइएको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
सोही प्रदर्शनलाई मध्यनजर गरेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि बाक्लो रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।