Logo
Logo

पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ


315
Shares

काठमाडौं । सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ ।

मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।

त्यस्तै उनले जिल्ला अदालतहरुमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाईन प्रणालीको समेत सुरुवात गरे । यसबाट मुद्दाको सुनुवाई प्रक्रिया छिटो छरितो हुने तथा अदालतहरुमा न्यून कागजात प्रयोग हुने निकायको रुपमा बिकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ ।

कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले जसरी भएपनि न्यायक्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

अदालतहरुको मुद्दा व्यवस्थापनलाई सरल, सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्