Logo
Logo

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित


252
Shares

काठमाडौं । भिसाले सञ्चालन गरेको ‘Dashain Campaign 2024’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् ।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो ।

विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्