Logo
Logo

राजसंस्था फर्काउन आन्दोलनको खाका बनाउँदै राप्रपा


1.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलन मुल आयोजक समितिको बैठक जारी छ । राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन खाका तय गर्न धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा अहिले राप्रपाको बसिरहेको छ ।

गत चैत ५ गतेको राप्रपाको बैठकले राजसंस्था, हिन्दूराष्ट्र स्थापना र संघीयता खारेजीको एजेन्डासहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । आमुल आयोजक समितिका संयोजकसमेत रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा भर्खरै बैठक सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा राप्रपाका सबै शीर्ष नेताहरु उपस्थित छन् । बैठका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेताद्वय पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणाको पनि उपस्थित रहेको छ । जो राप्रपाको संस्थापनइतर समूहका मानिन्छन् । नवराज सुबेदीले नेतृत्व गरेको समूहका पनि बैठकमा सहभागी छन् । राणा उक्त समूहले गठन गरेको आन्दोलन परिचालन समितिका संयोजक हुन् ।

राप्रपाको आन्दोलन मुल आयोजक समितिमा पार्टीका सबै केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश तथा जिल्ला सभापतिहरु, भातृ संगठनका अध्यक्षहरु रहेका छन् । ५ गतेको कार्यसम्पादन समितिका अध्यक्ष लिङ्देनले आन्दोलनको बागडोर आफ्नो हातमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्