Logo
Logo

सिरहामा बोरामा हालेर गाडिएको अवस्थामा शव भेटियो


504
Shares

काठमाडौं । सिरहामा खोला किनारमा बोरामा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था आज बिहान १० बजेतिर शव फेला परेको हो ।

मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले शव कुहिसकेको अवस्थामा रहेकाले कसको हो भन्ने पहिचान गर्न कठिन भएको बताए ।
शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्