काठमाडौं । सरकारले बर्खास्त गरेको नेपाल प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ कानुनी परामर्शमा जुटेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्रमुख कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
त्यसपछि घिसिङ कार्यालय नगई कानुनी परामर्शमा जुटेका हुन् । उनले अहिलेसम्म बर्खास्त भएको पत्र पनि पाएका छैनन् । कुलमाननिकट एक अधिकारीले भने– ‘उहाँ (कुलमान) अहिले कानुनव्यवसायीहरूसँग परामर्शमा हुनुहुन्छ, कार्यालय जानु भएको छैन। उहाँले हटाइएको पत्र पनि पाउनु भएको छैन ।