Logo
Logo

मलाई आई लभ यु भन्ने पनि छन्ः प्रधानमन्त्री


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुवै खालका मान्छेहरू भएको बताएका छन् ।

मंगलबार कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुवा’को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले जे भने पनि आफूले इमान्दारपूर्वक काम गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘मन पर्ने र नपर्ने पनि अनौठो हुने रछ । त्यही मान्छे एकथरी मान्छेले मन परार उधुम, त्यही मान्छेलाई अर्काथरी मान्छेले मन नपरार उधुम । म त भुक्तभोगी छु । मलाई आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि छन् । यो उनीहरूको राइटको कुरा हो । मैले आफ्नो काम राम्ररी गर्नुपर्छ, इमान्दारपूर्वक गर्नुपर्छ । को के भन्छ त्यो उसको कुरा हो ।’

यसअघि आजै ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्