काठमाडौं । बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो ।

मंगलबार अपराह्न सत्तारूढ दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो।