Logo
Logo

एभरेष्ट बैंकले सम्पन्न गर्‍याे ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम


189
Shares

काठमाडौँ । एभरेष्ट बैंकले ग्लोबल मनि विक– २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

चैत ४ देखी सप्ताहव्यापी अभियान अन्तर्गत बैंकले ग्लोबल मनि विक– २०२५ वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरू बिच वित्तीय साक्षरता सन्देश दिएको छ ।

कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराइएको थियो ।

Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन्न कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैङ्कहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्