काठमाडौं । सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं झिकाइएको छ । उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।

एसपी पण्डितलाई किन हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन् । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको हो ।
यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो । महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो ।