Logo
Logo

सरकारले निकाल्यो सामाजिक सञ्जाल दर्ता गर्न ३० दिने सूचना


630
Shares

काठमाडौं । सरकारले नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने कम्पनी, संस्था वा व्यक्तिले एक महिनाभित्र सरकारी निकायमा दर्ता हुन सार्वजनिक सूचना जारी गरेको छ । एक महिनाभित्र सुचीकृत हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गराउन सकिने सूचनामा उल्लेख छ ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थामा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना निकालेको हो ।

उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सूचना तथा सञ्चार मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

उल्लेखित व्यवस्थाअनुसार हालसम्म नेपालमा भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रा.लि. (वीटक) सूचीकृत भई सञ्चालनमा रहेका छन् । तीबाहक नेपालभित्र सञ्चालनमा रहेका अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले निर्देशिकाबमोजिम ३० दिनभित्र मन्त्रालयमा सूचीकरण गर्न मन्त्रालयले भनेको छ ।

सूचनामा भनिएको छ, ‘नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्