Logo
Logo

सेन्टर प्लाजामा आगलागी, १६ जनाको उद्धार


819
Shares

इटहरी । इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ११ पुरुष र ५ महिला छन् । उनीहरुलाई उद्दारमा हेलिकोप्टर समेत प्रयोग गरिएको छ ।

इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको जनाएको छ ।

हेलिकप्टरबाट समेत उद्दार सुरु गरिएको छ । अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताले बताएका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको छ । आगलागी के कारणले सुरू भएको भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्