Logo
Logo

अझै नियन्त्रणमा आएन सेन्ट्रल प्जालाको आगो


1.4k
Shares

इटहरी । सुनसरीको इटहरीमा रहेको नौ तले भवन सेन्ट्रल प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आज बिहान उक्त प्लाजाको पाँचौँ तलामा आगलागी भएको थियो ।

आगलागी भएको सेन्ट्रल प्लाजाबाट १६ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेर फर्केको छ । अहिले प्लाजाभित्र अन्यको खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन् । विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन् ।

नौ तले यो प्लाजामा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन् । आगलागी के कारणले सुरू भएको भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्