Logo
Logo

संसद बैठक ३ बजे बस्नेगरी स्थगित


441
Shares

काठमाडौं । आजको संसद् बैठक स्थगित गरिएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन सकेन । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।

त्यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेटअघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्