Logo
Logo

कुलमान घिसिङको समर्थनमा राप्रपा पनि सडकमा


504
Shares

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ । बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताहरूले कुलमान हटाउने सरकारको निर्णयविरूद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘देशलाई अध्यारो बनाउने षडउन्त्र बिफल पारौं,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्