Logo
Logo

राजाले कू गर्छन् भनेजस्तो राष्ट्रपतिले कू गर्न सक्दैनन्: देउवा


2k
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनस्स्थापित नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे ।

उनले भने, ‘कसैले रहर गरेर हुने कुरा छैन । संविधानसभामार्फत सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन ।’

उनले गणतन्त्रलाई नेपाली जनताले मानिसकेको बताउँदै यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए । उनले भने, ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन् । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्