Logo
Logo

राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा अमेरिकी नागरिक


819
Shares

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन् ।

माइतीघर मण्डलामा कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शन भइरहेका बेला भिडमा उनी राजसंस्था समर्थित ब्यानरसहित देखिएका हुन् ।

उनी अमेरिकी नागरिक हुन् । उनी वल्र्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए ।

उनको नेतृत्वमा ८–१० जना जम्मा भई ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस,’ जस्ता नारासहित प्रदर्शन भएको थियो ।

जुलियनको मोबाइलमा पासपोर्टको फोटो भेटिएको छ, तर मिति सकिएको । प्रहरीलाई उनले आफूसँग पासपोर्टको सक्कल प्रति रहेको र पेश गर्ने भनेका छन् । ‘यदि म्याद सकिएर्को नै हो भने उनीमाथि अध्यागमन कानुनअनुसार कारवाही हुन्छ’, प्रहरीले भन्यो ।

प्रतिक्रिया दिनुहोस्