Logo
Logo

यस्तो छ आज गणतन्त्रवादी र राजावादीको प्रदर्शन रुट


1.9k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज गणतन्त्र पक्षधर र राजावादीहरुले अलग–अलग प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्ग र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दैछन् ।

फाइल फोटो

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चाले गर्दैछ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् । आजको प्रदर्शनलाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । राजावादीहरुले संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् । राजावादीहरुको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईले गर्दैछन् । दुवै पक्षको प्रदर्शन एउटै समयमा हुँदैछ । मध्यान्ह १२ बजेदेखि दुवै पक्षले जुलुस विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छन् ।

प्रदर्शनको रुट यस्तो छ

राजावादीहरुको जुलुस दुर्गा प्रसाईंको नेतृत्वमा भक्तपुरतर्फबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ । यस्तै, कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ ।

यस्तै, समाजवादी मोर्चाले विभिन्न ८ स्थानबाट जुलुस निकाल्दैछ । माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट ¥याली निकाल्नेछ । माओवादी केन्द्रले निकाल्ने ¥याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ ।

माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि ¥याली निकाल्ने छ । उक्त ¥याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट ¥याली निकाल्नेछ । उनीहरूको ¥याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने प्रवक्ता प्रकाण्डले बताए ।

नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट ¥याली निकाल्नेछ । त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी)ले ¥याली निकाल्नेछ । मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ । मोर्चामा आवद्ध चारवटै दलले फरक फरक स्थानबाट निकालेको ¥याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने नेता विश्वकर्माले बताए ।

समाजवादी मोर्चाले रिङरोड भित्रबाट जुलुस निकालेर भृकुटीमण्डमा पुग्ने र प्रसाईं समूह रिङरोडभित्र प्रवेश नगर्ने भएकाले जम्काभेट र मुठभेडको स्थिति नआउने बुझाइ सुरक्षा अधिकारीहरुको छ । आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा ३५ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्