काठमाडौं । आज काठमाडौंको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्दैछ । मोर्चाले प्रदर्शनमागस्थित पर्यटन बोर्ड र सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ ।

मुख्य सडकमै मञ्च बनाइएपछि सवारी साधन डाइभर्ट गरिएको छ । मोर्चामा आबद्ध प्रमुख दलहरूमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ ।
त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ ।