Logo
Logo

काठमाडौंमा एसएसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन


1.8k
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजावादी र गणतन्त्रवादीको शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै आज काठामाडौं उपत्यकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनीमार्ग र व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले तीनकुनेमा प्रदर्शन गर्दैछन् ।

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् ।

दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयले काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीको नेतृत्वमा ३५ सय प्रहरी खटाएको छ । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ ।

कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्