Logo
Logo

अस्ट्रेलियन दूतावासद्वारा आफ्ना नागरिकलाई सतर्क रहन आग्रह


1.1k
Shares

काठमाडौं । काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको आज हुन गइरहेको प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ ।

दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्छ । अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कफ्र्यू लगाउने सम्भावना रहेको उल्लेख गरेको छ ।

दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त स्थानबाट टाढा रहन एक सूचनामार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्