
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँ बढेको हो ।
बिहीबार १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य आलसम्मकै उच्च हो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । हिजो २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।