
काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई चार दलका चार शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने भएका हुन् ।
चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् । उनले आफ्नो पूर्ण समर्थन रहने भएपनि बोल्न नपाइने भएपछि सभामा सहभागी हुन आवश्यक नरहेको प्रतिक्रिया दिए ।
सभालाई सम्बोधन गर्ने वक्ता धेरै राख्दा कार्यक्रम लामो हुने भएकाले छोट्याउन वक्ता थोरै राखिएको मोर्चाका नेताहरुले बताएका छन् ।