Logo
Logo

यस्तो बन्यो तीनकुनेमा राजावादीको मञ्च


630
Shares

काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दैछ, जहाँ सभाका लागि मञ्च निर्माण गरिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गर्न लागेका हुन् ।

दुर्गा प्रसाइँको नेतृत्व हुन लागेको यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि साथ दिने भएका छन् ।

समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा सभा गर्दैछ । त्यसका लागि मोर्चाले सडकमै मञ्च बनाएको छ । राजावादी र मोर्चाको प्रदर्शन एउटै समयमा सुरु हुँदैछ । मध्यान्ह १२ बजे दुवै पक्षले विभिन्न स्थानबाट जुलुस तथा र्याली निकाल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्