Logo
Logo

कुलमाान र हितेन्द्रदेव दुवैको रिट न्यायाधीश मुसलमानको इजलासमा


1.2k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले सर्वोच्च अदालतमा दायर गरेको रिटमाा आज सुनुवाइ हुँदैछ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको हो ।

घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ नम्बरमा छ । घिसिङले आफूलाई सरकारले गैरकानूनी रुपमा पदमुक्त गरेको भन्दै उक्त निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् ।

शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्