
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।
कुलमानले आफूलाई सरकारले गैरकानूनी रुपमा पदमुक्त गरेको दाबीसहित पुनस्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो । उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको यो दोस्रो कार्यकाल हो। चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो ।