Logo
Logo

नवराज सुवेदीको नेतृत्वमा चाबहिलबाट अघि बढ्यो राजावादीको जुलुस


4.2k
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

राजावादीको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावादीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट जुलुस निस्किएका छन् । चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीको नेतृत्वमा जुलुस तीनकुनेतिर अघि बढेका छन् । उनीहरू गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने कार्यक्रम छ ।

यस्तै, गणतन्त्र पक्षधरहरूले विभिन्न क्षेत्रबाट जुलुस निकालेका छन् । उनीहरू भृकुटीमण्डपमा जम्मा भएर सभा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्