Logo
Logo

राजावादीहरू बानेश्वर प्रवेश गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल


882
Shares

काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । केहीबेरअघि राजावादी समूह निषेधित क्षेत्र बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो ।

उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा धकेलाधकेल भएको हो । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

आजै भृकुटिमण्डपमा गणतन्त्रवादीहरुले पनि विशाल जनप्रदर्शन गर्दैछन् । राजावादी र गणतन्त्रवादीबीच मुठभेड नहोस् भन्ने उदेश्यले प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्