Logo
Logo

प्रतिनिधिसभा बैठक १७ गतेसम्मका लागि स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकबस्दै नबसी स्थगित भएको छ । १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको छ ।

सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटेन । विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन् । तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्