Logo
Logo

राजावादीको कार्यक्रम विथोलियो


1.9k
Shares

काठमाडौं । कोटेश्वरको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । राजावादीहरुले नयाँ बानेश्वरतर्फको निषेधित्र क्षेत्र तोड्न खोजेपछि त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच मुठभेडको अवस्था सिर्जना भएको हो ।

आजको राजावादी आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढ्यो । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेको छ । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।

प्रहरीको बलप्रयोगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो । प्रहरीले बल प्रयोग गरेपछि राजावादीको कार्यक्रम विथोलिन पुगेको छ । प्रदर्शनमा सहभागी हुन पुगेका नेता, कार्यकर्ताहरु कार्यक्रमस्थल तिकुनेबााट बाहिरिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्