Logo
Logo

तीनकुनेमा राजावादीको अराजकता, व्यक्तिको घरमा तोडफोड 


945
Shares

काठमाडौं । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईवटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छियाछिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको हो । घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्