
काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक व्यक्तिको घरमा आगलागी भएको छ । राजावादीको कार्यक्रमस्थल नजिकै रोयल ब्याङ्क्वेट सँगै जोडिएको घरमा आगलागी भएको हो ।
राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि तिनकुने क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ भने पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ ।