Logo
Logo

ज्ञानेन्द्रलाई माधवको चेतावनी: वंशको शासन ल्याउने कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छ


567
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंशले शासन गर्ने व्यवस्था ल्याउने कोसिस नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार भृकुटीमण्डमा आयोजित कार्यक्रममा उनले इतिहासलाई पछाडि फर्कन नदिने बताए । कसैले कुचेष्टा गरे ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले भने, ‘यो देशमा फेरि वंशको शासन ल्याउने कसैले दुचेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्य चुकाउनुपर्छ ।’

नेपालले विगतमा कार्यक्रमको स्मरण गर्दै आजको कार्यक्रम कास्टिङ मात्रै भएको बताए । उनले भने, ‘यो त कास्टिङ मात्रै हो । अब यो मुलुक शाही वंशतिर फर्कन सक्दैन । वंश, परिवारको शासनतर्फ फकर्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्