Logo
Logo

नेकपा एसको कार्यालयभित्र पसे राजावादी, कागजपत्र र फर्निचर जलाए


1.6k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।

राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालय समेत प्रभावित बनेको हो ।

तीनकुनेबाट तितरबितर राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र आगजनी गरेका छन् । जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्