Logo
Logo

राजावादीले पेरिसडाँडामा जलाए गाडी, बाइक तोडफोड


1.3k
Shares

काठमाडौं । राजावादीहरुले कोटेश्वरको पेरिसडाँडा आसपास क्षेत्रमा गाडी तथा मोटरसाइकलमा तोडफोड र आगजनी गरेका छन् ।

काठमाडौंको तीनकुनेबाट तितरबितर भएका राजावादी समर्थक प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय आसपासमा गाडीमा आगजनी र मोटरसाइकलमा तोडफोड गरेका हुन् । उनीहरु माओवादीको पार्टी कार्यालयभित्र पस्न खोजेका थिए ।

जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ । त्यस्तै उनीहरुले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयको सिसा समेत फुटाईदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्