काठमाडौँ । काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ ।
तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेको हो ।

यस प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छन् । राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए ।
प्रहरी बिट लगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन्।