Logo
Logo

राजावादीको अराजकता रोकिएन, कोटेश्वरको भाटभटेनीमा तोडफोड


819
Shares

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । तिनकुनेका आयोजना गरिएको राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेको हो ।

भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड भएको बताए । सो समूहले कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालय प्रवेश गर्न खोजेको थियो भने तीनकुनै नजिकै रहेको आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय भित्र पसेर आगजनीसमेत गरेको छ ।

आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरु अराजक बन्दा तिनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्