Logo
Logo

जसपा नेपालले परिसङ्घ गठन गर्ने


315
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ । समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसङ्घ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

खासगरी दलित, आदिवासी जनजाती, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित सङ्घ÷सङ्गठन, संस्था र व्यक्तित्वहरु सम्मिलित महासङ्घ वा परिसङ्घ गठन गरी सोको नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१९९७ सालदेखि हालसम्म जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भइसक्दा पनि सामन्तवादी उत्पीडन, वर्णवादी तथा नश्लवादी जातीय सोच, चिन्तन र अभ्यासका कारणले शोषित, उत्पीडित वर्ग र जाति÷समुदायहरुमाथि अन्याय, अत्याचार, शोषण, दमनका साथै विभेद, उत्पीडन र असमानतामा खासै परिवर्तन आउन नसकेको पार्टीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्