
काठमाडौं । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरूले अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । सोही क्रममा उनीहरुले नेकपा एमालेको कार्यालय नजिकै एउटा ट्याक्सी र बालकुमारीमा गाडी जलाएका छन् ।
त्यसअघि प्रदर्शनकारीले कोटेश्वरको पेरिसडाँडा क्षेत्रमा एउटा गाडीमा आगजनी गरेका थिए भने मोटरसाइकल तोडफोड गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयभित्र पनि तोडफोड र आगजनी गरेको छ ।