Logo
Logo

विमानस्थलमा उडान-अवतरण प्रभावित, विदेशी जहाज आकाशमै होल्ड


1.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । राजावादी समर्थक प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।

प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण बन्द गरिएको विमानस्थलले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । आन्तरिक उडान भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्