
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केहि बेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ । राजावादी प्रदर्शनकारीहरुले आफ्नो केन्द्रिय कार्यालयमा आगो लगाएपछि क्षतिबारे जानकारी दिन नेकपा एसले केहि बेरमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
राजावादीहरुले तिनकुनेमा गरेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडका साथै आगजनी गरिएका थिए ।