
काठमाडौं । राजावादी समर्थकहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् । बालकुमारीको सिसिआरसी कलेज अगाडि परियारको गाडीमा राजावादी समर्थकहरुले आगजनी गरेका हुन् ।
आज शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न रहेका उनी बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गरेका उनलाई सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।